बिर्तामोडमा प्रचण्डको मर्निङ वक
बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता कार्यकर्तासँग झापाको बिर्तामोडमा मर्निङ वक गरेका छन् । आइतबार विहान ५ बजे उनी कार्यकर्ताहरुसँग सँगै हिडेका हुन् ।
होटल टायमलेसबाट प्रचण्ड कार्यकर्तासँग महानन्द चोक हुँदै टेकबहादुर गिरी बसपार्कसम्म हिडेका हुन् । हिड्ने क्रममा उनले यहाँको वस्तुस्थितीको बारेका जानकारी लिएका थिए भने सर्वसाधारणले उनलाई स्वागत गरेका थिए । बसपार्कस्थित सेवारो कफि लाउञ्जमा ग्रीन टी खाएर उनी होटल फर्किएका थिए ।
पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार), केन्द्रिय सदस्य धर्मशिला चापागाई, झलकसिंह दर्लामी (सन्देश), झापा जिल्ला संयोजक राजु आचार्य (अग्नी), प्रदेश सदस्यहरु, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी (कर्मा) लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
अध्यक्ष प्रचण्ड आज बिर्तामोडस्थित सिटी सेन्टरमा हुने जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न झापा आएका हुन् । उनी ६ बर्षपछि झापा आएका हुन् ।