२०८१ आश्विन २४ गते , विहीबार

आन्तरिक किचलोका कारण अढाई महिनापछि कांग्रेस कोशी सरकारमा सहभागी

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २८ गते , शुक्रबार
आन्तरिक किचलोका कारण अढाई महिनापछि कांग्रेस कोशी सरकारमा सहभागी

बिर्तामोड नेपाली कांग्रेस नेकपा एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको

नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन्

उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ खुवाएका छन् मन्त्रीमण्डलमा काँग्रेसबाट जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको

कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई राजवंशी नेता कृष्ण सिटौला समूहबाट हाङ्गाम मण्डल संस्थापन समूहबाट छानिएका हुन् नेता डाक्टर शेखर कोइराला समूहका लागि जना मन्त्री राज्यमन्त्री बनाउने बताइएको यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन्

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन्

नेपाली कांग्रेसमा संस्थापन पक्ष शेखर कोइराला पक्षबिच मन्त्री संख्याको भागबण्डा नटुंगिदा सत्ता साझेदारीमा सहमति भएपनि ढिलो गरी कांग्रेस सरकारमा सहभागी भएको हो कांग्रेसले पाउने मन्त्रालयमा कोइराला पक्षले दुई जना माग गर्दै आएका थिए

 

 

सम्बन्धित समाचार