अनेरास्वियु (क्रान्तिकारी) १ नम्बर प्रदेशमा चन्द्रबहादुर माङ्मु
धरान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) १ नं. प्रदेशको अध्यक्षमा चन्द्रबहादुर माङ्मु चयन भएका छन् । दोस्रो प्रदेश सम्मेलनबाट माङमुको अध्यक्षतामा ६१ सदस्यीय समिति चयन भएको हो ।
भदौ २५ र २६ गते सुनसरीको धरानमा भएको सम्मेलनबाट १३ पदाधिकारी सहितको नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षहरु पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की, प्रतिमा शाह र देव बाहिङ चयन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रंजन धमलाले जानकारी दिए ।
त्यस्तै प्रमुख सचिवमा नयन राई र सचिवहरु प्रदिप घिमिरे, आदेश थापा, हेमराज राइ, लक्ष्मी मण्डल र ऋषिहाङ राइ चयन भएका छन् ।
कोषाध्यक्ष छलफलपछि टुङ्ग्याइने बताइएको छ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र विशेष अथिति संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले संगठनको उच्च तहबाट बलिदान गरेका तत्कालिन उपाध्यक्ष बेनोज अधिकारी, वेपत्ता पारिएका तत्कालिन महासचिव पूर्ण पौडेल र जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको फोटोमा माल्यार्पण गरेका थिए।
सम्मेलनमा प्रदेश भरबाट ४ सय ४४ जना प्रतिनिधि (मतदाता) थिए ।