२०८३ बैशाख २० गते , आईतबार
त्रिभुवन विमानस्थलमा खादा माला प्रयोगमा कडाइ
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा माला प्रयोगमा कडाइ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार अपिल जारी गर्दै विमानस्थलस्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाईस्वरुप साथमा लगाइने खादाका कारण सुरक्षा जाँचमा असर परेको भन्दै खादा माला प्रयोगमा कडाइ गरेको हो ।
मानिसहरूले जथाभावी फ्याक्ने खादाका कारण विमानस्थलको सौन्दर्यमा समेत असर पुगेको कार्यालयले जनाएको छ ।
