२०८३ बैशाख २० गते , आईतबार

अर्जुनधारा फुड पोइजन प्रकरण : डिस्चार्ज भएका अधिकांश पुन: भर्ना

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २७ गते , विहीबार
अर्जुनधारा फुड पोइजन प्रकरण : डिस्चार्ज भएका अधिकांश पुन: भर्ना

बिर्तामोड । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा फुड पोइजनका बिरामीको संख्या बढेको छ । बुधबार डिस्चार्ज भएका ५२ जनामध्ये ४९ जना पुन: भर्ना भएका छन् ।
बिहीबार नयाँ र पुराना गरी ७२ जना विरामी भर्ना भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए । ६ देखि ७७ वर्ष सम्मका बिरामी रहेको उनले बताए । बिरामीहरुमा १०४ डिग्रीसम्म ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या भएको उनले जानकारी दिए। १५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएको साथै १० वर्षभन्दा कम र ७० वर्षभन्दा माथिका बिरामीलाई जटिलता आउने सम्भावना हुने भएकाले १५-२० जनालाई मेची प्रादेशिक अस्पताल रेफर गर्ने तयारी भइरहेको चिमरियाले बताए । उनका अनुसार बिरामीलाई जटिलता आए अन्यत्र लैजान ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
अस्पतालमा नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी उपस्थित रहेको उनले बताए ।
मङ्गलबार अर्जुनधारा-९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएका उनीहरुलाई फुड पोइजनको समस्या भएको हो । 

सम्बन्धित समाचार