२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोड बसपार्क छेउमा मृत भेटिएकी महिलाको पहिचान खुलेन

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २६ गते , बुधबार
बिर्तामोड बसपार्क छेउमा मृत भेटिएकी महिलाको पहिचान खुलेन

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको कम्पाउण्ड बाहिर मृत फेला परेकी महिलाको पहिचान खुल्न सकेको छैन बसपार्क नजिकै रहेको ड्राइभिङ सेन्टरको टिनको कम्पाउण्डबाहिर उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो

बुधबार करिब ५:३० बजे सो स्थानमा बेवारिसे शव रहेको भन्ने खबर प्रहरीलाई प्राप्त भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए करिब ४० बर्ष उमेरकी उक्त महिला सो स्थान वरपर हिड्डुल गर्ने मादक पदार्थसमेत सेवन गर्ने गरेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जानकारी दिएकोछ

उनको शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डीएसपी बिष्टले जानकारी दिए  

सम्बन्धित समाचार