२०८३ बैशाख २० गते , आईतबार

सडक सुरक्षामा ध्यान दिने ट्राफिक प्रमुख पौडेलको प्रतिबद्धता

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २६ गते , बुधबार
सडक सुरक्षामा ध्यान दिने ट्राफिक प्रमुख पौडेलको प्रतिबद्धता

बिर्तामोड जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले यात्रुहरुको सुरक्षाका लागि अहोरात्र खटिने प्रतिबद्धता जनाएका छन् केहि दिन अगाडी झापा ट्राफिक प्रमुखको रुपमा आएका पौडेलले बुधबार सञ्चारकर्मीहरु सँग सडक सुरक्षामा आफुहरुले ध्यान केन्द्रित गर्ने बताएका हुन्

सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै उनले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको पहिलो प्राथमिकता भएको बताए स्थानीय सरकार, सरोकारवाला निकाय, उद्योग वाणिज्य संघलगायत अन्य संघसंस्थाहरु सँग परामर्श गरी अल्पकालिन दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताए चाडपर्व नजिकिँदै गएकाले चाडपर्व लक्षित योजना बनाउनु तत्कालको आवश्यकता भएकोपनि प्रहरी निरीक्षक पौडेलको भनाई उनले झापाको ट्राफिक व्यवस्थापनका बिषयमा सञ्चारकर्मीहरुबाट सुझाव समेत लिएका थिए  

 

सम्बन्धित समाचार