२०८३ बैशाख २० गते , आईतबार
दोमुखामा पौडी खेल्न पसेका राई अझै भेटिएनन्
बिर्तामोड । सोमबार (आज) दिउँसो झापाको दोमुखामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेपनि एक जना अझै भेटिएका छैनन् ।
सोमबार दिउँसो २ बजे दोमुखाको ड्याममा पौडी खेल्न पसेका चार जना मध्ये दुईजना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको छ । उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई यो समाचार तयार पार्दासम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनको खोजीमा विपद् व्यवस्थापनको ठूलो टिम नै परिचालन गरिएको उनले बताए ।
दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ ।