२०८३ बैशाख २० गते , आईतबार

को हुन् प्रधान सेनापति बनेका अशोकराज सिग्देल ?

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २४ गते , सोमबार
को हुन् प्रधान सेनापति बनेका अशोकराज सिग्देल ?

बिर्तामोड आजदेखि नेपाली सेनाको कमाण्ड औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दज्र्यानी चिह्न प्रदान गरेका छन्

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दज्र्यानी चिह्न प्रदान गरिएको थियो दज्र्यानी चिन्ह प्रदान गर्नुका साथै राष्ट्रपति पौडेलले प्रधानसेनापति सिग्देललाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए

सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन्

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए

नेपाली सेनामा चार दशक बिताएका शर्मा २४ साउनदेखि बिदामा बसेका थिए जंगी अड्डाले आजै बेलुका उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको

को हुन् सिग्देल ?

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन्

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन्

प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेरसमेत काम गरेका थिए

संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान लाइबेरियामा काम गरेका छन्

दोस्रो बरियतामा रहेका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादमा छानबिन भएपछि राजीनामा दिएका कारण सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए सिग्देलको जन्ममितिमा पनि विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो

सम्बन्धित समाचार