२०८३ बैशाख २० गते , आईतबार

भद्रपुर रोडमा रोपियो ४ सय बिरुवा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २४ गते , सोमबार
भद्रपुर रोडमा रोपियो ४ सय बिरुवा

बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर सडक खण्डमा ४ सय फुलका विरुपा रोपिएको छ । हरित बिर्तामोड अभियान’ सोमबार बिहान सडकको दुवै तर्फ उक्त बिरुवा रोपिएको हो ।

बिर्तामोड नगरपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, प्रहरी जवान, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसहित करिब एक सय जनाको उपस्थिती रहेको थियो ।

नगरपालिकाले यस अघि नै सडकको बिच भागमा रहेको डिभाइडरमा रोपेको विभिन्न जातका फुलका बिरुवा हुर्किसकेको छ । बिर्तामोडको सौन्दर्य बढाउन फुलका बिरुवा रोपिएको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् । 

 

सम्बन्धित समाचार