२०८३ बैशाख २० गते , आईतबार

वाईसीएलद्वारा बुद्धशान्ति संयोजक शेर्पामाथि भएको आक्रमणको निन्दा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २३ गते , आईतबार
वाईसीएलद्वारा बुद्धशान्ति संयोजक शेर्पामाथि भएको आक्रमणको निन्दा

बिर्तामोड झापा जिल्ला बुद्धशान्ति वाईसीएल संयोजक पङ्कज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनाप्रति वाइसीएल नेपाल जिल्ला समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको एक विज्ञप्ति जारी गरी मेचीनगर १२ घर भएका बालकुमार विष्ट नविन विष्टले घरेलु हातहतियारसहित शेर्पामाथि आक्रमण गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो

मेची राजमार्ग सडक खण्ड अन्तर्गत मेचिनगर १२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियार सहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले जनाएको

मेची राजमार्ग अन्तर्गत चारआली इलाम सडक खण्ड अन्तर्गतको सहरेडाँगी उत्तर सडकमा हाम्रो पाटीका श्रदेय अध्यक्ष . प्रचण्ड आउने कार्यक्रममा सहभागी हुन जाने  क्रममा ट्याक्सी चालकले अनियन्त्रित ढङगले सवारी चलाएको सो सवारी चालकलाई सवारी रोक्न लगाई सम्झाईबुझाई गरेसँगै घटना मिलेको अवस्थामा निजहरु बालकुमार विष्ट नबिन विष्टले एक्कासी घरलु हातहतियार, बाईकको हेल्मेटले अन्धाधुन्ध प्रहार गरी आक्रमण गरेको, जुन कुनै संस्थागत विषय भएको भए बसेर संवाद छलफल द्वारा निकास निकाल्न सकिने अवस्थालाई नजरअन्दाज गर्दै यसरी आक्रमण गरिनु निन्दनीय , विज्ञप्तिमा भनिएको

हाम्रो संगठन अन्याय, अत्याचार एव गुण्डाराज अन्त्यको विरुद्धमा लडेर स्थापित हुनुको साथै हाम्रा संगठनका सहयोद्धाको संरक्षण गर्न सक्षम रहेको सर्वविद्धित , विज्ञप्तिमा उल्लेख

वाइसीएलले घटनामा संलग्नलाई पक्राउ गरी सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको मागसमेत गरेको

हेर्नुहोस विज्ञप्ति

सम्बन्धित समाचार