२०८३ बैशाख २० गते , आईतबार

संजीवनी इन्भेष्टमेन्ट कम्पनीको प्रारम्भिक भेला सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २२ गते , शनिबार
संजीवनी इन्भेष्टमेन्ट कम्पनीको प्रारम्भिक भेला सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा स्थापना हुन लागेको सञ्जीवनी इन्भेस्टमेन्ट कम्पनी लि.को प्रारम्भिक भेला सम्पन्न भएको छ। शनिबार आदर्श ब्याङ्क्वेटमा कम्पनीको भेला सम्पन्न भएको हो।
कम्पनीको विषयमा जानकारी गराउने उद्देश्यले भेला आयोजना गरिएको यसको अगुवाइ गरिरहेका यामप्रसाद चुडालले जानकारी दिए।
बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य मुनाफामूलक क्षेत्रमा लगानी गर्ने, जग्गा-जमिन हाउजिङ्ग परियोजना, अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरुमा लगानी गर्ने, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरुमा लगानी गर्ने, अल अचल सम्पत्तिको व्यवस्थापन गर्न सो सँग सम्बन्धित अध्ययन अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्ने, आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, शैक्षिक, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धन लगायतका क्षेत्रमा लगानी गरि व्यवस्थापन जिम्मामा लिई कार्य गर्ने आदि संस्थाको प्रारम्भिक उद्धेश्य रहेको उनले बताए ।


संस्थापक शेयरधनीको लागि ५-१० लाख रुपैयाँ र कम्पनी दर्ता लगायत अन्य प्रयोजनका लागि थप ५० हजार रुपैयाँ तोकिएको अधिवक्ता पावन कार्कीले जानकारी दिए ।
संस्थापक शेयरधनी १०१ जना रहने र १० करोड चुक्ता पूंजी जम्मा गरी ५० करोड अधिकृत पूंजी रहने गरी पब्लिक कम्पनी दर्ता गरी कारोबार गरिने चुडालले जानकारी दिए । दशैं अगावै कम्पनी दर्ता प्रक्रिया सक्ने उनको भनाई थियो । भेलामा करिब ५० जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार