ट्रकको ठक्करबाट घाइते इलामका राईको मृत्यु
बिर्तामोड । ट्रकको ठक्करबाट घाइते भएका इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ का दिवाङकर राईको मृत्यु भएको छ । भदौ १८ गते साँझ ५ बजे राई सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारको क्रममा शुक्रबार विहान ८:४५ बजे मृत्यु भएको हो ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टी स्टेट स्थित पुर्व पश्चिम राजमार्गमा मुक्ति चोकबाट काकरभिट्टा तर्फ जाँदैं गरेको मे १० प ३५४४ नम्बरको मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोक तर्फ आँउदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक राई र पछाडी सवार मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २८ को सुबोद बस्नेत घाइते भएका थिए । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको थियो । उपचारको क्रममा राईको आज मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३१ को संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।