२०८३ बैशाख २० गते , आईतबार

मोटरसाईकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २० गते , विहीबार
मोटरसाईकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

बिर्तामोड । मोटरसाईकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । कनकाई-४ बस्ने सुन्तली टुडुको छोरा ४ वर्षीय आर्यन टुडुको मृत्यु भएको हो ।
बिहीबार साँझ अन्दाजी ५  बजे कनकाई-५ चप्रामारीस्थित भित्री सडक खण्डमा सुरुङगाबाट झापाबजार तर्फ जादैं गरेको प्र १-०१-०१७ प ४३७० नं. को मोरटसाईकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री टुडुलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए।   उनलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाको जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक जिल्ला झापा झापा गाउँपालिका वडा नं. २ बस्ने बर्ष २४ को बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । 

सम्बन्धित समाचार