२०८३ बैशाख २० गते , आईतबार

व्यवसायी हरी प्रसाई पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २० गते , विहीबार
व्यवसायी हरी प्रसाई पक्राउ

बिर्तामोड । बिर्तामोडका व्यवसायी हरी प्रसाई पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय प्रसाई बैंकिङ् कसुर मुद्दामा पक्राउ परेका हुन् ।
झापा जिल्ला अदालतले २०८१ असार ५ गते बैंकिङ् कसुर मुद्दामा प्रसाईलाई १ महिना कैद, ७ लाख २५ हजार जरिवाना र पिडित राहत कोषमा २९ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला गरेको थियो । फैसला पश्चात फरार रहेका प्रसाईलाई बिहीबार पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
व्यवसायी प्रसाईंले बिर्तामोडमा पछिल्लो समय तृष्णा पानी उत्पादन तथा बिक्री गरिरहेका छन् । 

सम्बन्धित समाचार