२०८३ बैशाख २० गते , आईतबार

अनेम संघ क्रान्तिकारीको तीज विशेष कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १८ गते , मंगलबार
अनेम संघ क्रान्तिकारीको तीज विशेष कार्यक्रम सम्पन्न

बिर्तामोड । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
मङ्गलबार बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय बुद्धिजीवी संगठनकी प्रदेश अध्यक्ष राधिका ओझाले तीजको आफ्नै महत्व रहेको र पर्वलाई आफ्नै मौलिकताका साथ मनाउनु पर्ने धारणा राखिन् । महिलाहरू पुरुषभन्दा कुनै पनि पक्षमा कम नभएतापनि समाजमा महिलामाथि विभेद कायमै रहेको भन्दै यसको अन्त्यको लागि क्रान्तिकारी महिलाहरूले भूमिका खेल्नुपर्ने उनले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु)ले हरितालिका व्रत महिलाहरूको आन्दोलनको दिन भएको उल्लेख गरिन् । उनले पौराणिक कथाको उदाहरण दिँदै पार्वतीले श्रीमानको रुपमा शिवलाई पाउनुपर्छ भन्ने माग राखी अनसन बसेको दिनलाई अहिले हरितालिका तीजको व्रतको रुपमा व्याख्या गरिन् ।
२०४६ सालको परिवर्तनपछि ३ प्रतिशत महिला सहभागितालाई २०५२ को आन्दोलनपछि बढाएर ३३ प्रतिशत पुर्‍याइएको उनले बताइन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य भुपाल सापकोटा, झापा जिल्ला संयोजक राजु आचार्य (अग्नी), सचिव मोहन टुडु (सरोज), अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा (अनु), प्रदेश सांसद बन्दना झाँगड लगायतको उपस्थिति रहेको थियो।
अनेम संघ (क्रान्तिकारी) झापाकी अध्यक्ष तारा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा झापाका दुई सय बढी क्रान्तिकारी महिलाहरूको उपस्थिति रहेको थियो। अनेम संघ (क्रान्तिकारी) झापाकी उपाध्यक्ष रिता मिश्रले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
संक्षिप्त औपचारिक कार्यक्रमपछि महिलाहरूले दर खाएर नाचगान गरी रमाइलो गरेका थिए।

सम्बन्धित समाचार