२०८३ बैशाख २० गते , आईतबार
झापा ट्राफिक प्रमुखमा गणेश पौडेल आउँदै
बिर्तामोड । नेपाल प्रहरी प्रधान कार्यालयले ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । इन्स्पेक्टरहरुको सरुवा भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख फेरिने भएका छन् ।
झापा ट्राफिक प्रमुखमा इन्स्पेक्टर गणेश पौडेल आउने भएका छन् । नेपाल प्रहरी शिक्षालय अन्वेषण योजना शाखा भरतपुर चितवनबाट पौडेल झापा आउन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यहाँ कार्यरत ट्राफिक प्रमुख नवराज न्यौपानेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुशीमा सरुवा भएको छ । न्यौपाने २०८० भदौ ६ गते झापा आएका थिए ।
प्रहरी प्रधान कार्यालयले सोमबार इन्स्पेक्टरहरुको सरुवा गरेको हो ।