२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा आमसञ्चार विधेयकमाथि छलफल

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १७ गते , सोमबार
बिर्तामोडमा आमसञ्चार विधेयकमाथि छलफल

बिर्तामोड संविधान जारी भएको बर्षपछि कोशी प्रदेशमा आमसञ्चार विधेयकको मस्यौदा तयार भएको मंगलबार बिर्तामोडमा पहिलोपटक आमसञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल भएको हो

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल पत्रकार महासंघ कोशी प्रदेश तथा जिल्ला शाखा झापासँगको सहकार्यमा बिर्तामोडमा विधेयकको मस्यौदा उपर छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरेको मुलुक संघीयतामा गएको लामो समयपछि आमसञ्चार माध्यमलाई नियमन गर्न प्रदेश सरकारले विधेयक अगाडी बढाएको हो प्रदेश सरकारले तयार पारेको विधेयकको मस्यौदा मन्त्रालयका प्रवक्तासमेत रहेका उपसचिव विश्वदीप बेस्राले प्रस्तुत गरेका थिए

नेपाल पत्रकार महासंघ झापा शाखाको सभाहलमा आयोजित कार्यक्रममा झापाली पत्रकारहरुले आफ्ना सुझाव दिएका थिए पत्रकार राजेन्द्र गौतमले विधेयकमा द्वीअर्थी, लैङ्गिक विभेद हुने खालका शब्द राख्न नहुने सुझाए कार्यक्रममा लीलाराज झापाली, ज्ञानेन्द्र निरौला, इन्द्रजित मुखिया, मनकुमार गदाल, अर्जुन राजवंशीलगायतले आफ्ना सुझाव राखेका थिए

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापा, महासंघ झापाका पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्य, भिम नेम्बाङ, तारामणी सापकोटा, वर्तमान अध्यक्ष एकराज गिरी, अग्रज पत्रकार दिपीन राईलगायतको उपस्थिती रहेको थियो कार्यक्रम महासंघ झापाका सचिव डिकेश लामाले सञ्चालन गरेका थिए  

सम्बन्धित समाचार