२०८३ बैशाख २० गते , आईतबार
ठूलो परिमाणमा स्रोत नखुलेको चाँदीसहित १ जना पक्राउ
बिर्तामोड । प्रहरीले दुर्गा मन्दिर छेउबाट स्रोत नखुलेको १० लाख ४० हजार मुल्य बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।
मोरङ उर्लाबारी ५ का ३० बर्षीय दिपेन्द्र विकलाई प्रहरीले सोमबार लहान बजारको दुर्गा मन्दिर छेउबाट स्रोत नखुलेको सो मुल्य बराबरको गहनासहित पक्राउ गरेको हो । सोमबार साँझ ७ बजे विशेष सूचनाका आधारमा प्रहरी टोलीले विकले बोकेको झोला चेकजाँच गर्दा करिब ८ केजी चाँदीका गरगहना फेला पारेको थियो । पक्राउ परेका विकलाई गरगहनासहित राजश्व अनसन्धान कार्यालय इटहरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।