२०८३ बैशाख २० गते , आईतबार

माओवादी अध्यक्ष प्रचण्ड झापा आउने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १७ गते , सोमबार
माओवादी अध्यक्ष प्रचण्ड झापा आउने

बिर्तामोड पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् भदौ तेस्रो साता उनी झापा आउन लागेका हुन्

अगुवा कार्यकतासँग भेटघाट गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए करिब बर्षपछि प्रचण्ड झापा आउन लागेको खबरले झापाली नेता कार्यकर्ता उत्साहित भएका छन् । नेकपा एमालेसँगको सहकार्य टुटेसँगै प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीको जिल्ला आउन लागेको बिषयलाई चासोका साथ हेरिएको छ ।  

पूर्वेली जनसंगठन सुदृढीकरण अभियान अन्तर्गत पार्टीले चलाएको अभियानले झापा माओवादीमा पुनः प्राण भरिँदै गएको अवस्थामा अध्यक्ष यहाँ आउन लागेका हुन् प्रदेश इञ्चार्जको रुपमा हरिबोल गजुरेल (शितलकुमार)ले पूर्वेली जनताको चेतनाको स्तर माथि भएकाले समाजवादी क्रान्तिको अगुवाई पूर्वले गर्नुपर्ने भन्दै पूर्वेली जनसंगठन सुदृढीकरण अभियान नै चलाए अभियानसँगै झापामा पार्टीका अधिकांश जनवर्गीय संगठनको सम्मेलन हुनुका साथै पार्टी प्रवेश गर्नेहरुको संख्या बढेको प्रदेश सदस्य भुपाल सापकोटाले बताए

अभियानको क्रममा दमकमा जनतालाई उत्पादनसँग जोड्ने भन्दै माओवादी केन्द्रले लाख फलफुलका विरुवा बाँड्ने अभियान नै चलाएको थियो ४६ हजार विरुवा बाडिँसकेको बाँड्ने क्रम निरन्तर भएको जिल्ला संयोजक आचार्यले बताए उक्त बिरुवा बाड्ने अभियानलाई सबैले प्रशंसा मात्र गरेनन् झापाका अन्य पालिकाहरुमा विभिन्न संघसंस्थाले पनि सिको गरे

जनवर्गीय संगठन सुदृढीकरण अभियान अन्तर्गत झापामा अहिले योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको गाउँ तथा नगर सम्मेलन चलिरहेको भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला सम्मेलन भदौ १९ लाई तोकिएको अखिल क्रान्तिकारीको सम्मेलनको तयारी तीब्र रहेको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए

सम्बन्धित समाचार