२०८३ बैशाख २० गते , आईतबार

प्रकाशले घर मै पाए नागरिकता

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १६ गते , आईतबार
प्रकाशले घर मै पाए नागरिकता

बिर्तामोड सामाजिक सञ्जालमा भाइरल भएका प्रकाश तामाङ काले ले नागरिकता प्रमाणपत्र पाएका छन् हेर्ने कथा को हराएका वर्ष मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका तामाङले घर मै नागरिकता पाएका हुन्  

भोजपुर षडानन्द नगरपालिका१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्

जिल्लाको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार प्रकाशलाई ०९०२८१००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन्

लामो समयपछि घर फर्किएका तामाङले शुरुमा नागरिकताका लागि पहल गर्दा प्रमाण पुर्याएर आउनु भनिएको थियो तर उनको कथा सामाजिक सञ्जालमार्फत भाइरल बने पछि उनलाई अधिकारीहरुले घर मै नागरिकता पुर्याएका हुन्

प्रकाशको परिवार अरु कै जग्गामा बसोबास गरिरहेको भन्दै भोजपुरका सांसद तथा पूर्वमन्त्री सुदन किँरातीले घर बनाइदिने भएका छन्

सम्बन्धित समाचार