२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा सवारी दुर्घटनामा परि एक महिलाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १५ गते , शनिबार
बिर्तामोडमा सवारी दुर्घटनामा परि एक महिलाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ हिकोला मोडमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
शनिबार साँझ ५ बजे  बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्र१-०२-००२ ख ००३५) ले बाटो काट्दै गरेको मोटरसाइकल (प्र१-०१-०१३ प ५७००) लाई ठक्कर दिएको थियो।
दुर्घटनामा इलाम जिल्ला माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ निवासी ३६ वर्षीय थिरप्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा पाँचकोटीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सुवेदीलाई सामान्य चोट लागेको प्रहरीले जनाएकोछ।
दुर्घटनापछि बस र बस चालक  कन्काई नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय हिमाल बि.क., मोसा चालक सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।  

सम्बन्धित समाचार