२०८३ बैशाख २० गते , आईतबार

झापामा मिटरव्याजसम्बन्धी ९८ वटा उजुरी

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १५ गते , शनिबार
झापामा मिटरव्याजसम्बन्धी ९८ वटा उजुरी

बिर्तामोड झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ९८ वटा उजुरी परेको २०८१ जेठ ११ गतेदेखि साउन गतेसम्ममा उक्त उजुरी परेका हुन्

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि जिल्ला प्रशासन कार्यालय झापामा उक्त उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए उक्त उजुरीहरुमध्ये एउटामा सहमति दुईवटा उजुरी फिर्ता भएको नेपालले जानकारी दिए

झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको

जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्योट गर्ने अधिकार रहेको सहायक प्रजिअ नेपालले बताए तीस वर्षभन्दा पहिले अनुचित लेनदेन भएकादेखि हालसालै अनुचित लेनदेन भएका उजुरी परेका छन् २० हजार देखि ८३ लाखसम्म अनुचित लेनदेन भएको दाबीसहित उजुरी आएका छन्, उनले भने

छिट्टै संयन्त्रको बैठक बसी छलफका लागि दुवै पक्षलाई बोलाई उजुरी सम्बन्धमा आवश्यक निर्णय गर्ने काम सुरु गरिने सहायक प्रजिअ नेपालले जानकारी दिए

सम्बन्धित समाचार