२०८३ बैशाख २० गते , आईतबार

झापामा करुणा फाउण्डेशनको कार्यक्रम आवश्यक : सरोकारवाला

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १५ गते , शनिबार
झापामा करुणा फाउण्डेशनको कार्यक्रम आवश्यक : सरोकारवाला

बिर्तामोड अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको क्षेत्रमा काम गरिरहेको करुणा फाउण्डेशनको कार्यक्रम झापामा आवश्यक भएको बताइएको शुक्रबार बिर्तामोडमा पत्रकारसम्मेलन गर्दै सरोकारवालाहरुले करुणा फाउण्डेशनको कार्यक्रम आवश्यक भएको बताएका हुन्

केहि दिन अघि अपाङ्गता भएका केहि व्यक्तिहरुले कोशी प्रदेश सरकार, स्थानीय तह करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम खारेज गर्नुपर्ने माग गरेका थिए उनीहरुले उक्त कार्यक्रमले अपाङ्गताको निमित्त काम गर्न नसक्ने दावी गरेका थिए बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरुले करुणा फाउण्डेशनले सञ्चालन गरिरहेको कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरुको नाममा सपांगले फाइदा उठाउने आरोप लगाएका थिए अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममा कर्मचारी नियुक्तिदेखि नै अपाङ्गता भएका व्यक्तिहरुमाथि अन्याय भएको दुखेसो पोखेका थिए कर्मचारी नियुक्तिमा अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य आरक्षण दिनुको साटो रोक्ने नियत देखिएको उनीहरुको आरोप थियो

तर, अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधीहरुल शुक्रवार पत्रकार सम्मेलन गरी कुनै पनि हालतमा करुणा फाउण्डेशनको कार्यक्रम खारेज हुन नदिने दावी गरेका छन् उनीहरुले समस्याको समाधान कार्यक्रमको खारेजी होइन, सिविआरएफ छनौट मार्गदर्शन संशोधन हो भन्दै मार्गदर्शन सच्याउन माग गरेका छन् बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थामा पत्रकार सम्मेलन गरी उनीहरुले हाल सिबिआरएफ छनौट सम्बन्धी मार्गदर्शनबाट छनौट भइआएका सिविआरएफलाई आफ्नो कार्यक्षेत्रमा आफ्नो जिम्मेवारीअनुसार काम गर्ने वातावरण सिर्जना गर्न गराउन स्थानीय तह सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् साथै यो अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई सफल पार्नका लागि सहयोग गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई अपिल गरेका छन्

कार्यक्रममा बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा , समाजसेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका उपाध्यक्ष गंगाप्रसाद संग्रौला , कमल अपाङ्ग समितिका पिताम्बर खड्का , कन्काई अपांगता समावेशी संस्थाका कोषाध्यक्ष सृजना बराल ,झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशी ,ग्रामीण अपाङ्गता पुनस्र्थापना समितिका अध्यक्ष चन्द्रप्रकाश लिम्बू , हल्दीवारी अपांगता उत्थान संघका सदस्य सुमित्रा गिरी ,शान्ति अपांग संघका सचिव कृष्ण रिजालको उपस्थिति रहेको थियो

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय तह करुणा फाउन्डेशनको संयुक्त लगानीमा कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रममार्फत अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना गर्ने, आत्मनिर्भर बनाउने, अपांग शिशु जन्म हुन नदिने, अपाङ्गमैत्री वातावरण निर्माणलगायतका कार्य गर्ने जनाइएको झापाको १५ वटै पालिकामा कार्यक्रम सम्झौता भइसकेको

सम्बन्धित समाचार