२०८३ बैशाख २० गते , आईतबार
धुलिखेल–काठमाण्डौ यात्रा गर्नपनि प्रधानमन्त्री ओलीलाई चाहियो हेलिकप्टर
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर धुलिखेल पुगेका छन् । शुक्रबार काठमाण्डौ विश्वविद्यालयको २९औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टर चढेर काठमाण्डौ विश्वविद्यालय परिसर धुलिखेल पुगेका हुन् ।
उनी सवार नेपाली सेनाको हेलिकप्टर बिग्रिएपछि अर्को हेलिकप्टर बोलाएर काठमाण्डौ फर्किएका छन् । नेपाली सेनाको एनए ०६७ कलसाइन भएको हेलिकप्टर प्रधानमन्त्री ओली केयू परिसरमा उत्रेर कार्यक्रममा सहभागी भएपछि बिग्रिएको पत्ता लागेको थियो ।
ओली दीक्षान्त समारोह सकिएपछि शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईको गाडी चढेर धुलिखेल अस्पताल पुगेर त्यहाँको हेलिप्याड प्रयोग गरी एमआइ १७ हेलिकप्टरमार्फत काठमाण्डौ फर्किएका हुन् । धुलिखेलदेखि सिंहदरबारको दुरी करिब २६ किलोमिटर रहेको छ ।