२०८३ बैशाख २० गते , आईतबार

एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १३ गते , विहीबार
एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय

बिर्तामोड सरकारले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको   बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले बताए

मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गरेपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्

गत ३१ असारमा बसेको केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले निमित्र् मुख्यसचिवको जिम्मेवारीमा रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो त्यसपछि ) साउनमा बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई नै मुख्य सचिव बनाउने निर्णय गरेको थियो

गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार थिए

सम्बन्धित समाचार