नारी संचार गृहको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै
बिर्तामोड । झापाली महिला पत्रकारहरुको छाता संस्था नारी संचार गृहको अक्षयकोषमा रकम जुट्ने क्रम जारी छ । बिहीबार कोषमा बिराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण अधिकृत टिका अधिकारी र व्यवस्थापक तेज पाठकले नगद सहयोग गरेका छन् ।
आफ्नो दिवंगत हजुरआमा हिममाया अधिकारीको जन्म दिनको अवसरमा टीकाले ५ हजार १०५ र व्यवस्थापक पाठकले दुई बर्ष अघि दिवंगत हुनु भएकी आमा बिष्णुमाया पाठकको सम्झनामा ५ हजार ११५ रुपैँया सहयोग गरेका हुन् ।
सहकारीको सैनिकमोड स्थित कार्यालयमा संस्थाका प्रवन्धक रुद्र सिटौला, नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतम, निबर्तमान अध्यक्ष भिमा शिवाकोटी, अक्षयकोष व्यस्थापन समितिका संयोजक जोस्ना श्रेष्ठ र सदस्य दिपा पोखरेलको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा संचार गृहकी अध्यक्ष रेजिना गौतमले सहयोगीद्वयलाई संस्थाका धन्यवाद दिएकी थिइन् ।