अखिल क्रान्तिकारी बिर्तामोड कमिटी गठन
बिर्तामोड । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बिर्तामोड नगर समिति गठन भएको छ । सोमबार सम्पन्न अखिल क्रान्तिकारीको तेस्रो अधिवेशनले जानकी भट्टराईको संयोजकत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिका सदस्यहरुमा सरोज सापकोटा, लक्ष्मी पौडेल, अंकित प्रधान, साहिल खान, दिपेन चौधरी, सुष्मा भट्टराई, बर्षा पोखरेल, मचिन्द्र राई, लक्ष्मण राई, योक्तेन राई, प्रेक्षा अधिकारी, भानु राजवंशी, अभिशन खड्का, रोजन तामाङ, इशा पुरी, रोहित मेचे, मिलन पौडेल र गौरव धिमाल रहेका छन् ।
आगामी बैठकले पदाधिकारी चयन गर्ने अखिल क्रान्तिकारी झापा अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।
बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रम सम्पन्न भएको हो । सुजन दाहालको अध्यक्षता र नेकपा माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रज्वल कडरिया लगायतले शुभकामना दिएका थिए ।