२०८३ बैशाख २० गते , आईतबार

विद्यालयमा जंकफुड निषेध गर्न नेकपा विप्लवसम्बद्ध जबसको आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १० गते , सोमबार
विद्यालयमा जंकफुड निषेध गर्न नेकपा विप्लवसम्बद्ध जबसको आग्रह

बिर्तामोड नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनले झापाका विद्यालयहरुमा जंकफुड निषेध गर्न आग्रह गरेको सोमबार उनीहरुले बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमार्फत स्वास्थ्यका लागि हानिकारक मानिएको जंकफुडलाई विद्यालय तहबाटै निषेध गर्न आग्रह गरेको हो

विद्यालयहरुमा मानव स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफूड व्यापक प्रयोग भएको पाइएको आयोजकले जनाएको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को हवला दिँदै उनीहरुले जंकफुडको प्रयोगले बालबालिकाको अत्याधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रोल बढाउनुका साथै, मृगौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन डिफिसीट (एडीडी), डिप्रेशन, क्यान्सर जस्ता दीर्घकालीन गम्भीर स्वास्थ्य समस्याहरु आउनुको कारण जंक फुड भएको उल्लेख गरेका छन्

जंकफुडको प्रयोगले बालबालिकालाई रोगी बनाउने जसका कारण कम आय भएको नेपाली समाजको प्रत्येक घरलाई आर्थिक सामाजिक हिसाबले तहस नहस पार्ने सम्मको दुष्परिणाम निम्तिने पत्रकारसम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख जंकफुड उत्पादन गर्ने मानव स्वास्थ्य विरोधी व्यापारी स्वास्थ्य जस्तो अति संवेदनशील विषयको पर्वाह नगर्ने शिक्षण संस्था, सरकार समाजले जंकफुडको प्रयोगमा गम्भीर बन्नु पर्ने उनीहरुले बताएका छन्

एक महिना भित्र हरेक शिक्षण संस्थामा जंकफुड उन्मूलन होस् भन्ने चाहने रहेको उनीहरुले उल्लेख गरेका छन् शिक्षण संस्थाले सञ्चालन गरेको क्यान्टिन अभिभावकबाट तयार गरिएको टिफिनमा समावेश सबै जंकफुडको प्रयोगलाई तत्काल हटाउनु पर्ने आवश्यकता रहेको अज्ञानता वा अन्य कुनै स्वार्थका कारण प्रयोगमा ल्याइएको जंकफुड पूर्णरुपमा निषेध गर्न उनीहरुले सरोकारवाला सबैमा अनुरोध गरेका छन्

जंकफुडको प्रयोगबारे जनचेतना जगाउन समुदायस्तरसम्मका कार्यक्रम गरिने नेकपाका केन्द्रीय सदस्य सुमनसिंह सीले जानकारी दिए जंकफुडको प्रयोगले हुने हानीको बारेमा अभिभावकहरु नै पहिला जागरुक बन्नु पर्ने बताउँदै उनले सम्पूर्ण सरोकारवालाहरुसँग अन्तरक्रिया गरिने बताए । यसलाई सबैले साझा अभियानको रुपमा अगाडी बढाउनसमेत उनले आग्रह गरे । 

उनीहरुले विद्यालय परिसरबाटै कतिपय विद्यार्थीहरु हराएको भन्दै सुरक्षा गार्ड सीसीटीभी क्यामेराको प्रबन्ध गरी सुरक्षा व्यवस्थालाई चुस्त बनाउनसमेत आग्रह गरेका छन्

विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव संजय सी, अखिल समाजवादी झापाका इञ्चार्ज विनोद सी, युवा संगठन नेपाल झापाका इञ्चार्ज मणी सी, अखिल नेपाल महिला संघ क्रान्तिकारी, झापा इञ्चार्ज रोशनी सी, किसान संगठन झापाका इञ्चार्ज डेगनाथ सी, समाजवादी ट्रेड युनियन मजदुर संगठन झापा इञ्चार्ज कुमार सी, शिक्षक संगठन झापा इन्चार्ज भीष्म सी श्रमिक समुदाय झापाका इञ्चार्ज गोपी सीले हस्ताक्षर गरेका छन् । 

हेर्नुहोस विज्ञप्ति

सम्बन्धित समाचार