गोर्खा फाउण्डेशनको अध्यक्षमा दोहोरिए दर्नाल
बिर्तामोड । गोर्खा फाउण्डेशनको अध्यक्षमा बिरबहादुर दर्नाल (विरु) पुनः चयन भएका छन् । ‘म पनि सक्छु’ भन्ने मुख्य अभिप्रेरणाका साथ स्थापना भएको गोर्खा फाउण्डेशन नेपालको अध्यक्षमा विर्तामोडका दर्नाल पुन चयन भएका हुन् ।
सोमबार बिर्तामोडमा सम्पन्न भेलाले दर्नाललाई पुनः अध्यक्षमा चयन गरेको महासचिव सुवास तिखत्रीले बताए । स्थानीय युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्दै सामाजिक कार्यमा अग्रसर गराउने उद्धेश्यले २०७५ सालमा फाउण्डेशनको स्थापना गरिएको अध्यक्ष दर्नालले जानकारी दिए ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र दास, महासचिव सुवास तिखत्री, उपाध्यक्ष रोशन नेपाली, सचिव कृष्ण अनमोल सुन्दास र कोषाध्यक्ष नविना राई चयन भएको बताईएकोछ । नौ सदस्यीय कार्य समितिको सदस्यहरुमा रेगन प्रसाईं, काजी ठटाल र टोनी मुर्मु रहेका छन् ।
फाउण्डेशनले गत चैत्र २१ गते समर्पण अभियानका प्रणेता पूर्व राजा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विसे नगर्चीको नाममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच जना ब्यक्तित्वलाई ५१ हजार नगदसहित सम्मान गरेको थियो । यो राष्ट्रिय सम्मान हरेक वर्ष निरन्तर गरिने वरिष्ठ उपाध्यक्ष दासले जानकारी दिए । यो वर्ष सो कार्यक्रम काठमाण्डौमा गरिने जनाईएकोछ ।
फाउण्डेशनले दुई जना विध्यार्थीलाई कानून विषयमा कक्षा १२ मा अध्ययनको ब्यवस्था गरेको र आउँदो वर्षहरुमा पनि यो कार्यलाई निरन्तर दिइने अध्यक्ष दर्नालले बताए ।