२०८३ बैशाख २० गते , आईतबार
बिएण्डसीका पूर्व सञ्चालक महेन्द्र प्रसाईद्वारा आत्महत्या
बिर्तामाेड । बिएण्डसीका पूर्व सञ्चालक महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । बिर्तामाेड-१ स्थित नरेन्द्र मैनालीकाे घरमा शुक्रबार बिहान प्रसाईले आत्महत्या गरेका हुन् ।
उनी लामाे समयसम्म बिर्तामाेडकाे बिएण्डसी हस्पिटलका सञ्चालकमध्येका एक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्वशान्तिका प्रेम नेम्वाङकाे सक्रियतामा बिएण्डसी स्थापना भएकाे थियाे । नेम्वाङ् र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।
सुरुमा जग्गा काराेबार गर्ने उनी हस्पिटलबाट बाहिरिएपछि ज्ञानेन्द्र शाहीको नेपालका लागि नेपाली अभियानमा केही समय उनी क्रियाशील रहेका थिए । त्यसपछि प्रसाई सार्वजनिक कार्यक्रममा खासै देखिन छाेडेका थिए । उनी केही समयदेखि आर्थिक तनावमा रहेको बुझिएको छ ।