२०८३ बैशाख २० गते , आईतबार
मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु, १५ जना जनाको उद्धार
झापा । आज बिहान तनहुँको ऐनापहरास्थित मर्स्याङ्दी नदीमा यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस खसेको स्थानबाट २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये १४ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार १५ जना घाइते अवस्थामा रहेका छन्।
बसमा ४० जनासम्म यात्रुहरू सवार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। बाँकी यात्रुहरूको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक रविन्द्र रेग्मीले बताए।
उद्धार गरिएकाहरूलाई उपचारका लागि अस्पताल पठाउने क्रम जारी छ।
दुर्घटनामा परेका उद्धार गरिएकाहरूको र सवार अन्य यात्रुहरूको पहिचान भने खुल्न बाँकी रहेको छ।
पोखराबाट काठमाण्डौका लागि छुटेको सो बस मर्स्याङ्दी नदीमा खसेको थियो । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ ।