सरस्वती बाल सञ्जालको अध्यक्षमा रिजन चयन
कनकाई । झापाको कनकाइ नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल सञ्जाल गठन भएको छ । रिजन तिम्सिनाको अध्यक्षतामा सञ्जाल गठन भएको हो ।
कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेसन फाउन्डेसनमा बुधबार सम्पन्न बाल सञ्जाल पुनर्गठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमबाट वडा स्तरीय बाल सञ्जाल गठन भएको हो ।
बाल सञ्जालको उपाध्यक्षमा सुलभ रिमाल, सचिवमा अम्बिका गोस्वामी, सहसचिवमा सरोज रिजाल र कोषाध्यक्षमा रेश्मा घिमिरे चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा सिखा सेन्चुरी, निरज सुवेदी, धिरज न्यौपाने, दिक्मला लामिछाने, आयुशा बस्नेत, सागर गौतम र मुक्साम नेम्बाङ चयन भएको सञ्जालका निवर्तमान अध्यक्ष सुप्रीम पौडेलले जानकारी दिए ।
तिम्सिनाको अध्यक्षतामा गठित कार्य समितिले अब बस्ने बैठकबाट एक जना सदस्य मनोनित गर्ने छ ।
कनकाई नगरपालिका–७ को वडा सदस्य निर्मल आङथुपोको प्रमुख आतिथ्यतामा भएको बालमैत्री अभिमुखीकरण कार्यक्रममा कनकाई नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कनकाई–७ का वडा सदस्य भगन टुडुको विषेश आतिथ्यता रहेको थियो भने फक्तालुङ एजुकेसन फाउन्डेसनका व्यबस्थापन समिती अध्यक्ष दुर्गा नेम्बाङ, प्रिन्सिपल ओम बिक्रम नेम्बाङलगायतको उपस्थिती रहेको थियो ।
सञ्जालका निवर्तमान अध्यक्ष सुप्रीम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितलाई निवर्तमान उपाध्यक्ष अम्बिका गोस्वामीले स्वागत गरेकी थिइन भने सचिव रिजन तिम्सिनाले सञ्चालन गरेका थिए ।