२०८३ बैशाख २० गते , आईतबार

फरार थुनुवाको खोजतलास तीब्र

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ५ गते , बुधबार
फरार थुनुवाको खोजतलास तीब्र

बिर्तामोड अस्पतालबाट कैदी फरार भएपछि प्रहरीले खोजतलास तीब्र बनाएको इलाका प्रहरी कार्यालय अनारमनीका थुनुवा बिर्तासिटी अस्पतालबाट फरार भएपछि प्रहरीले खोजतलास तीब्र बनाएको जनाएको हो

दमक नगरपालिका वडा नम्बर भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् कैदी फरार भएपछि प्रहरीले उनको खोजीमा चारै तिर प्रहरी खटाउनुका साथै हाइवे चेकिङलाई समेत कडा गरिएको इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए

मंगलबार दिउँसो बजे पेट दुख्ने समस्या भएपछि राईलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो राती करिब बजेतिर उनको निगरानीका लागि खटिएका प्रहरी शौचालय गएको मौका छोपी हत्कडी फुस्काएर राई फरार भएको प्रहरीले जनाएको

राई भदौ गते राति अन्दाजी साढे बजे बिर्तामोड नगरपालिका वडा नम्बर पश्चिम बस स्टेण्डबाट पक्राउ परेका थिए शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा राईलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले  चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो

सम्बन्धित समाचार