२०८३ बैशाख २० गते , आईतबार
अर्जुनधाराबाट लुकाइछिपाई राखेको हतियार बरामद
बिर्तामोड । झापाको अर्जुनधाराबाट प्रहरीले लुकाइछिपाई राखेको अवैध हतियार बरामद गरेको छ । अर्जुनधारा–४ स्थित इन्द्रबहादुर आङ्देम्बेको कुखुराको खोरबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको हो ।
मंगलबार राति ८ बजे गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–४ दहिझोडा निवासी ६२ बर्षीय आङ्देम्बको घर नजिक रहेको कुखुराको खोरको छानामा प्लाष्टिकमा पोका पारि लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार पेस्तोलसहित आङ्देम्बेलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।