२०८३ बैशाख २० गते , आईतबार

डेढ लाखको राहत बाँड्न २ मन्त्रीसहित १६ जनाको टोली सोलुमा

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ४ गते , मंगलबार
डेढ लाखको राहत बाँड्न २ मन्त्रीसहित १६ जनाको टोली सोलुमा

विराटनगर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका को थामे बजारमा बाढीका कारण विस्थापित भएकाहरुलाई राहत वितरणका लागि कोशी प्रदेश सरकारको जम्बो टोली सोलुखुम्बु पुगेको

बाढी प्रभावितका लागि ओढ्नेओछ्याउने सामग्री लिएर प्रदेश सरकारका दुई मन्त्रीसहित १६ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो

फाइबर सिरक, फाइबरकै सिरानी, म्याट्रेस तन्ना ५०५० थान लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की सहितको टोली सोलुखुम्बु गएको हो दुई मन्त्रीसहितको टोलीमा केही कर्मचारी नेकपा एमालेका कार्यकर्ताहरु पनि छन्

बाढी प्रभावित क्षेत्र थामेमा पुग्न सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिँड्नुपर्छ त्यसैले कोशी सरकारका मन्त्रीसहितको टोली सदरमुकाममा राहत हस्तान्तरण गरेर फर्किने तयारीमा

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राहत सामग्री हस्तान्तरणका लागि टोली सोलुखुम्बु सदरमुकाम पुगेको जानकारी दिए राहत सामग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएर फर्किने उनले जानकारी दिए खाद्यान्न सामग्री माग नभएका कारण ओढ्नेओछ्याउने सामान मात्रै लगिएको उनले बताए

प्रदेश सरकारले राहत सामग्री खरिद गर्नका लागि करिब डेढ लाख रुपैयाँ खर्च गरेको त्यो सामग्री सोलु पुर्याउन ट्रकलाई ३७ हजार रुपैयाँ भाडा तिरिएको ट्रक आइतबार सल्लेरीमा राहत र्पुयाएर सोमबार विराटनगर फर्किसकेको

दुई मन्त्रीसहितको टोली भने तीनवटा गाडी चढेर सोमबार सोलु सदरमुकाम गएका थिए उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्तरण गर्दै छन् 

डेढ लाखको राहत सामग्रीका लागि दुई मन्त्री दलबलसहित पुग्नु राम्रो होइन, प्रदेश सरकार स्रोतले भन्यो, ‘विभागीय जिम्मेवारी भएकाले आन्तरिक मामिला मन्त्री जानु स्वाभाविकै हो, खानेपानी मन्त्री पनि जानुको अर्थ छैन

३२ साउनमा हिम पोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो सोलु सदरमुकाम सल्लेरी पुगेको प्रदेश सरकारको टोली पहिरो प्रभावितलाई भेट्न खोटाङ पनि जाने तयारीमा

सम्बन्धित समाचार