२०८३ बैशाख २० गते , आईतबार

अमेरिकामा एकै पटक १२१ ब्राम्हणद्वारा भागवत पाठ

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३ गते , सोमबार
अमेरिकामा एकै पटक १२१ ब्राम्हणद्वारा भागवत पाठ

बिर्तामोड अमेरिकामा एकै पटक १२१ जना ब्राम्हण तथा विदुषीले भागवत पाठ गरेका छन् अमेरिकाको इतिहासमै पहिलो पटक यति धेरै मानिसले भागवत पाठ गरेका हुन्

आइतबार १३ देखि ७८ बर्षसम्मका गुरु तथा विदुषीहरुले भागवत पाठ गरेका थिए अमेरिकास्थित हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) नामक संस्थाको आयोजनामा कार्यक्रम भएको सीएम निरौलाले जानकारी दिए सोमबार ८० जना युवा पण्डितहरुलाई दिक्षित गर्ने कार्यक्रम रहेको उनले बताए

हेरिसबर्ग शहरमा आयोजित कार्यक्रमको पहिलो दिन ५० भन्दा बढी सवारीसाधन सजाएर प्रहरी प्रशासनको सुरक्षाघेरा बिच कलशयात्रा गरिएको थियो उनका अनुसार अन्य दिनहरुमा धार्मिक तथा आध्यात्मिक प्रवचन तथा बिमर्श हुने गरेको

सम्बन्धित समाचार