२०८३ बैशाख २० गते , आईतबार

प्रेस सेन्टरको अक्षयकोषलाई चिमरियाले दिए ३१ हजार नगद

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३ गते , सोमबार
प्रेस सेन्टरको अक्षयकोषलाई चिमरियाले दिए ३१ हजार नगद

बिर्तामोड प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको अक्षयकोषलाई युवा उद्यमी तथा समाजसेवी राजन चिमरियाले नगद सहयोग गरेका छन् सेन्टरको डी. कौडिण्य स्मृति पत्रकारिता अक्षयकोषलाई चिमिरयाले ३१ हजार नगद सहयोग गरेका हुन्

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिण्य)को नाममा प्रेस सेन्टरले स्थापना गरेको अक्षयकोषलाई झापा मेचीनगर १२ धाइजनमा रहेको रितिका डेरी उद्योग प्रालिको तर्फबाट सञ्चालक चिमरियाले सो सहयोग गरेका हुन् आचार्य एक कुशल पत्रकार, शिक्षक साहित्यकार समेत रहेको स्मरण गर्दै उनको नाममा स्थापित कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको चिमरियाले बताए

उनले प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, उपाध्यक्ष होमप्रकाश अधिकारी पुष्प खड्कालाई सहयोग हस्तान्तरण गरेका थिए

समाजसेवी चिमरियाले आफ्नो हरेक जन्मदिन तथा विवाहोत्सव समाजमा रचनात्मक कार्य गरी मनाउने गरेका छन् उनले मेचीनगर क्षेत्रका २५० जना कृषकलाई केहि समय अघि कृषि औजार फरुवा वितरण गरेका थिए भने विपन्न हजार सय जनालाई झुल वितरण गरिरहेका छन्

तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरि २०५९ साल साउन गते आचार्यलाई चारआली व्यारेकमा हत्या गरेको थियो आचार्यको स्मृति दिवसको अवसरमा साउन गते प्रेस सेन्टर नेपाल झापाले क्रियाशिल जनपक्षीय पत्रकारलाई नगदसहित सम्मान गर्दै आएको

उक्त पुरस्कारलाई व्यवस्थित वितरणका लागि अक्षयकोष स्थापना गरिएको अध्यक्ष राजु पाठकले जानकारी दिए पाँच हजारबाट शुरु गरेको पुरस्कार राशि यस बर्षबाट ४१ हजार पुर्याइएको उनले बताए अक्षयकोषको व्याज आम्दानीले पुरस्कार व्यवस्थापन गरिने उनले बताए उनले कोषमा सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरेका छन्

 

 

सम्बन्धित समाचार