२०८३ बैशाख २० गते , आईतबार

मेची-महाकाली बुलेट यात्रा गर्दै बुद्धशान्तिकी तिवारी

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २ गते , आईतबार
मेची-महाकाली बुलेट यात्रा गर्दै बुद्धशान्तिकी तिवारी


बुधबारे । बुलेट बाइक कुदाउनु आफैमा महिलाका लागि सहज काम होइन । तर यो मानसिकतालाई चिर्नुका साथै छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने सन्देश दिन झापा बुद्धशान्ति गाउँपालिका ३ कि ५५  वर्षीया शुसिला उप्रेती तिवारीले मेची-महाकाली बुलेट यात्रा गर्ने भएकी छन् ।
बिश्व शान्तिको कामनासहित महिलाहरु सक्षम छन् भन्ने सन्देश दिन भदौ ५ गतेदेखि तिवारी बुलेट बाइक यात्रामा निस्कन लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । भदौ १५ गत्रे यात्रा समापन हुने बताइएको छ ।
तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका ३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजा सहित सुरु भइ जगतगुरु जन्मस्थल हुदै पूर्वी नाका  काँकडभिट्टाबाट बिहान १० बजे सुरु हुने उनका नाति मनिस मैनालीले (राइडर मनिस)ले जानकारी दिए ।  यात्रामा तिवारीलाई मैनालीले पनि साथ दिने भएका छन  ।
समाजमा छोरी बुहारीहरुप्रति रहेको नकारात्मक सोंचलाई परिवर्तन गराउन तिवारीले भूमिका खेल्दै आएकी छन् । 

सम्बन्धित समाचार