२०८३ बैशाख २० गते , आईतबार
बुद्धशान्तिको मङ्गलबारेमा अस्थायी प्रहरी पोष्ट उद्घाटन
बिर्तामोड । झापा बुद्धशान्ति गाँउपालिका वडा नम्बर ४ स्थित मंगलबारेमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । पोष्टको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आइतबार उद्घाटन गरेका हुन् ।
मङ्गलबारको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। एसपी केसीका अनुसार पोस्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जना सुरक्षाकर्मी रहने छन् ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केसी तथा सुरक्षा निकायका प्रमुखहरु एवम जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।