परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाने
झापा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले आज भारत भ्रमणमा जान लागेकी हुन् ।
उनले भदौ ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्री राणाको भ्रमण नेपाल र भारतबिचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरता भएको मन्त्रालयले जनाएको छ । मन्त्री राणाको यस भ्रमणले नेपाल भारतबिचको सदियौंदेखिको पुरानो, गहिरो र बहुआयमिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने समेत मन्त्रालयले जनाएको छ ।
मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।