२०८३ बैशाख २० गते , आईतबार

अलपत्र बन्यो श्रमिक स्वावलम्बन उद्योग, मालिक बन्ने मजदुरको सपना अधुरै

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १ गते , शनिबार
अलपत्र बन्यो श्रमिक स्वावलम्बन उद्योग, मालिक बन्ने मजदुरको सपना अधुरै

सुरुङ्गा झापाको कनकाई नगरपालिकाका मजदुरहरुले मालिक बन्ने सपनाका साथ शुरु गरेको श्रमिक स्वावलम्बन उद्योग अलपत्र बनेसँगै मजदुरहरुको मालिक बन्ने सपना अधुरो बनेको

मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ शुरु गरिएको कनकाई-७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड सञ्चालनमा नआई अलपत्र बनेको हो स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत गरी शुरु गरिएको उक्त कम्पनी आधा दशकसम्मपनि सञ्चालनमा आउने सकेको छैन

आजभन्दा पाँचवर्ष अघि कनकाई नगरपालिकाले एक करोड बजेट व्यवस्थापन गरी उद्योग स्थलको घेराबारा, एउटा भवन (उत्पादन घर) साथै कार्यालय भवनसहित शौचालय निर्माणमा ३३ लाख बढी खर्च गरेको तत्कालिन उपभोक्ता समितिका सचिव प्रेमप्रसाद अधिकारी बताउँछन् नगरपालिकाबाटै आर्थिक कारोबार हुने भएकाले यस योजनाका लागि अन्य केही शीर्षकमा खर्च भएको भने पनि आफूहरुलाई थप जानकारी नभएको अधिकारीले बताए  

कनकाई वडा नम्बर स्थित दुर्गापुर बजार पूर्वतर्फ एक बिगाहा १७ कठ्ठा जमिनमा वरिपरि प्लम उठाएर तारजाली सहित व्यवस्थित घेराबारा गरेर फलामे गेट लगाएको उद्योग क्षेत्र अहिले दुर्व्यसनीहरुका लागि सुरक्षित स्थल बनेको स्थानीयबासी बताउँछन् बिरिङ खोलाको बगरमा घाँसपात रुख बोटबिरुवाले ढाकेको एकान्त ठाउँमा रहेको उद्योग क्षेत्रको आसपासमा साँझ बिहानको समयमा जो कोही पनि एक्लै हिड्न सक्ने अवस्था नरहेको बताइएको      

प्रारम्भिक चरणमा पेवर्स (ब्लक) उत्पादन गर्ने त्यसपछि क्रमिक रुपले ह्युमपाइप विद्युत पोल उत्पादन गर्ने योजनाका साथ शुरु गरिएको उद्योग क्षेत्रभित्र एउटा भवन (उत्पादन घर), उद्योगको कार्यालय भवन, शौचालय साथै उत्पादन भएका सिमेन्टका सामग्री भिजाउने प्रयोजनका लागि एउटा पोखरी निर्माणको कार्य तत्कालिन समयमै सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष मात्रिका पोखरेल बताउँछन्

कनकाई नगर क्षेत्रकै मजदुरहरुलाई प्राथमिकतामा राख्ने नगरको महत्वकांक्षी योजनाको निर्माण स्थलमा विद्युत विस्तारका लागि उद्योगमा आवश्यक पर्ने कालो तारको समेत व्यवस्थापन मिलाइसकेको अब विद्युत मिटर राख्ने काम मात्र बाँकी रहेको बताइएको विद्युत मिटरसहित सामग्री निर्माणका लागि आवश्यक फर्मा तथा मेसिन औजारको व्यवस्थापन हुन सकेमा तत्काल उद्योग सञ्चालनमा आउन सक्ने अवस्था रहेको समितिका अध्यक्ष पोखरेलले जानकारी दिए

उद्योग सञ्चालनमा आउन सके स्थानीय मजदुरहरुले प्राथमिकताका साथ काम पाउनुका साथै कनकाई नगरपालिकाको दिगो आर्थिक स्रोतको एउटा भरपर्दो माध्यम बन्न सक्ने सरोकारवाला बताउँछन्

निर्माण कार्य सम्पन्न भएपछि तत्कालिन समयमा मेसिन खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाउन उपभोक्ता समितिले नगरपालिकालाई घच्घच्याएपछि टेण्डर आव्हान गरिएको थियो तर सामग्री खरिदका लागि आवश्यक भन्दा कम्ती दररेट राखेर बोलपत्र आह्वान भएका कारण कुनैपनि सप्लायर्सले टेण्डर नहालेपछि रोकिएको कामले हालसम्म पनि निरन्तरता पाउन नसकेको बताइएको उद्योग संचालनमा ल्याउन नगरपालिकाको तर्फबाट उपभोक्ता समितिलाई आजका दिन सम्म थप केही निर्देशन नभएका कारण अब के हुन्छ भन्ने कुरा अन्यौलमा रहेको बताइएको  

कनकाई नगर क्षेत्रमा विभिन्न निर्माण, सेवा क्षेत्र, चालक गरी सयौँ मजदुर कार्यरत रहेका छन् तर उचित काम दाम नपाउँदा उनीहरु पलायन हुने अवस्थामा रहेका स्वतन्त्र मजदुर संगठन कनकाई नगर समितिका पुर्व अध्यक्ष केशर न्यौपानेले जानकारी दिए जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै मजदुरहरुको समेत सुनिश्चित भविष्यकालागि केही आशा पलाएको भएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा क्रमिक रुपले अधिकांश मजदुरहरुमा निराशा छाएको मजदुर नेता न्यौपानेको भनाई

सम्बन्धित समाचार