२०८३ बैशाख २० गते , आईतबार

रेडियो भिजनको अध्यक्षमा पुनः डालमिया

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ३१ गते , विहीबार
रेडियो भिजनको अध्यक्षमा पुनः डालमिया

बिर्तामोड रेडियो भिजनको सञ्चालक समिति अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्यसमेत रहेका उमेश डालमिया दोस्रो पटक निर्वाचित भएका छन्

आज बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको साधारण सभाले झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा सर्वसम्मत चयन गरेको भने सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत निर्वाचित भएका छन्

त्यसैगरी, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने लक्ष्मीप्रसाद सापकोटा चयन छन् साधारण सभाले विर्तामोड नगरका मेयर एवम् सञ्चालक पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा पाँच सदस्यीय सल्लाकार समिति गठन गरेको सल्लाहकार सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल कुलप्रसाद खरेल रहेका छन्

रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेलले सञ्चार उद्यमले व्यहोर्नु परेको कठिनाइसँग पौठेजोरी खेल्दै रेडियो भिजन सुरक्षित अवस्थामा सञ्चालन भइरहेको जानकारी दिए झापामा एफएम रेडियो बन्द हुँदै गइरहेको अवस्थालाई नियाल्दा रेडियो भिजन २००० वाटबाट निरन्तर सञ्चालनमा रहन सफल भएको पोखरेलले बताए उनले भने, ‘बजारको चुनौतीले गर्दा हामीले व्यापार बढाउन नसके पनि खर्च व्यवस्थापनमा मितव्ययी बनेर सञ्चालनमा छौंँ

सम्बन्धित समाचार