२०८३ बैशाख २० गते , आईतबार

भन्सार छलीको मोबाईल बरामद

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ३१ गते , विहीबार
भन्सार छलीको मोबाईल बरामद

बिर्तामोड । भारतबाट भन्सार छलिगरी नेपाल ल्याउँदै गरेको मोबाइल प्रहरीले बरामद गरेको छ । प्रहरीले एप्पल कम्पनीको १२ थान मोबाइल बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बुधबार ४:३० बजे बिर्तामोडस्थित अदुवापुल छेउबाट भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ६ लाख १२ हजार मूल्य बराबरको मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बरको वाईबी७४एयक्स१९७४ नम्बरको हुण्डाई कम्पनीको आई ट्वान्टी गाडीलाई चेकजाँच गर्ने क्रममा सो मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले गाडी सहित गाडी चालक जिल्ला  मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ३१ को सुर मुखियालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार बुझाउने पहल भई रहेको जनाएको छ ।

सम्बन्धित समाचार