२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोड राउन्ड टेवल २७ काे अध्यक्षमा गाेयल

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ३० गते , बुधबार
बिर्तामोड राउन्ड टेवल २७ काे अध्यक्षमा गाेयल

बिर्तामोड । बिर्तामोड राउण्ड टेबल २७ को सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि मनोज गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
यस्तै उपाध्यक्षमा विकास अग्रवाल, सचिव दिपक मित्तल र कोषाध्यक्ष रमण गोयल चयन भएका छन ।
राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष नितेश अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा  सामाजिक क्रियाकलापमा सक्रिय बिर्तामोड राउण्ड टेबल २७ ले वर्ष २०८०/८१ मा गरेका सामाजिक कामहरुको प्रसंशा गर्दै प्रमुख अतिथि अग्रवालले आगामी कार्यकालको सफलताको शुभकामना दिए । क्लबका सदस्य अमन मिंडाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बिर्तामोड राउण्ड टेबल २७ का पदाधिकारी लगायत सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियाे। यो वर्ष शिक्षा क्षेत्रमा संस्थानले विभिन्न सामाजिक काम गर्ने संस्थानका सचिव विकाश अग्रवालले जानकारी दिए । कार्यक्रममा सचिव विकाश अग्रवालले पेश गरेको प्रतिवेदन साथै कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । चालिस वर्ष उमेरसम्मको मात्र  सदस्यता रहने उक्त संस्थाका संस्थापक अध्यक्ष बिबेक गुप्ता,  सदस्यहरु संजिव घिमिरे, नविन अग्रवाललाई सम्मान गरिएकाे थियाे । 

सम्बन्धित समाचार