२०८३ बैशाख २० गते , आईतबार

फेरी भूमि आयोग गठन गर्ने तयारीमा सरकार

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २९ गते , मंगलबार
फेरी भूमि आयोग गठन गर्ने तयारीमा सरकार

काठमाण्डौ सरकारले फेरि नयाँ भूमि आयोग गठन गर्ने तयारी थालेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो

नेकपा एमालेसँग गठबन्धन गरेपछि चैत २०८० मा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस नेता केशव निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोग खारेजीको निणर्य गरेको थियो

माओवादी नेता नहेन्द्र खड्काको अध्यक्षतामा नयाँ आयोग गठन गर्ने गरी राष्ट्रिय भूमि आयोग खारेज भएको थियो तर कांग्रेस निकट आयोग सदस्य टेकबहादुर शाह गोबर्धन कोलीसहित जिल्ला अध्यक्षहरु सरकारको निणर्यविरुद्ध सर्वोच्चमा रिट लिएर गएका थिए

३० चैतमा सर्वोच्च अदालतका न्यायधीश आनन्दमोहन भट्टराई विनोद शर्माको संयुक्त इजलासले नयाँ भूमि आयोग गठन नगर्न आदेश दिएपछि नयाँ आयोग गठन प्रक्रिया रोकिएको थियो

अदालतले अर्को भूमि आयोग वा जिल्ला समिति गठन नगर्न/नगराउनू आयोग समितिका स्रोत साधन, भौतिक सम्पत्ति कागजातहरू सुरक्षित रूपमा यथास्थितिमा राख्न-राख्न लगाउन अन्तरिम आदश दिएको थियो

सरकारले राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य गर्न लागेको हो

स्रोतका अनुसार अहिले मुद्दा फिर्ता लिन कागजात तयार गरेर निवेदकहरुको हस्ताक्षर संकलनको काम हुँदैछ केही व्यक्तिले मात्रै हस्ताक्षर गर्न बाँकी , त्यसपछि मुद्दा फिर्ता लिने प्रक्रिया सुरु हुन्छ, स्रोतले भन्योमुद्दा फिर्ता भएपछि सरकारले नयाँ आयोग गठन गरिहाल्छ, त्यसका लागि लगभग राजनीतिक सहमति जुटिसकेको

स्रोतका अनुसार कांग्रेसले मुद्दा फिर्ता लिएर नयाँ आयोग निर्माणमा सहमति जनाएसँगै भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आयोग गठनका लागि संवाद गरिरहेका छन्

पछिल्लो समय हरेकजसो सरकारले भूमिसम्बन्धी आयोग खारेज गर्ने आफ्नो अनुकूल बनाउने गर्दै आएको अहिलेसम्म १८ वटा आयोग समितिहरु बनिसकेको

भूमिहीन दलित, सुकुमबासी अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भन्दै सरकारले गठन गरेका भूमिसम्बन्धी आयोगहरुको कामकाजमाथि विगतदेखि नै प्रश्न उठ्दै आएको आयोगहरुमार्फत राजनीतिकरण गर्दै भूमि समस्यालाई गिजोल्ने क्रमलाई पहिलोपटक सर्वोच्चको अन्तरिम आदेशमार्फत ब्रेक लगाएको थियो

पछिल्लो समय हरेकजसो सरकारले भूमिसम्बन्धी आयोग खारेज गर्ने आफ्नो अनुकूल बनाउने गर्दै आएको अहिलेसम्म १८ वटा आयोग समितिहरु बनिसकेको

सरकारले हालै खारेज गरेको आयोगले १० लाख ३८ हजार भूमिहीन सुकुमबासी, भूमिहीन दलित अव्यवस्थित बसोबासीको निवेदन लिइसकेको थियो हजार ५८६ परिवारलाई लालपुर्जा वितरण गरिसकेको आयोग अपारदर्शी ढंगले जग्गा वितरण गर्न तयारी अवस्था थियो

तर, गठबन्धन फेरिएसँगै कांग्रेस निकटका पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्दा अदालतबाट उनीहरुकै पक्षमा आदेश आउन सक्ने हुनाले आयोग नै खारेज गरेर नयाँ गठन गर्ने तयारीलाई अदालतले रोकेको थियो

खारेज भएको आयोगको काम विगतका भूमि तथा सुकुम्बासी समस्यासम्वद्ध आयोगकै जस्तो विवादित थियो आयोगका पदाधिकारीमाथि राजनीतिक पहुँचका आधारमा सुकुम्बासी समस्या समाधानका नाममा आर्थिक चलखेल गरेको आरोप लागेको थियो

कतिपय स्थानीय तहमा भूमिहीन सुकुम्बासीको लगत नै संकलन भएको थिएन भने सत्तारुढ दलका कार्यकर्ता भूमाफियालाई फाइदा हुने गरी सरकारी जग्गाको लालपुर्जा व्यक्तिलाई दिन खोजेको आरोप आयोगमाथि थियो

अव्यवस्थित बसोबासीलाई उपभोग गरिरहेको करिब लाख हेक्टर वन क्षेत्रको जग्गाको लालपुर्जा दिँदा लिइने मूल्य आधा कम गर्ने गरी आयोगले राजनीतिक लबिङ गरिरहेको थियो त्यसअनुसारको प्रस्ताव भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अघि बढिसकेको थियो

आयोगले वास्तविक भूमिहीन सुकुम्बासीको समस्या पहिचान गरेर समाधान दिनेभन्दा जग्गा दलालहरुलाई सस्तोमा सरकारी जग्गा दिलाउने गरी विवादास्पद निणर्य गर्न लागेको भन्दै अर्थ मन्त्रालयभित्र असन्तुष्टि थियो तर कांग्रेस-माओवादी गठबन्धन भत्किएर एमालेसहितको गठबन्धन बनेपछि आयोग खारेज भएको थियो अब नयाँ आयोग बनाएर यसअघि आयोगले गरिरहेको कामलाई निरन्तरता दिने तयारी भएको हो

आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गौराहद पुगेर भूमिसम्बन्धी समस्या समाधान गर्ने काम द्रुतगति अगाडि बढाइएको बताएका छन् उनले महिनाभित्रमा जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि भोगचलन गरिरहेको, तर धनीपूर्जा नहुने सबैलाई जग्गाको मालिक बनाउने अभियानमा सरकार , उनले भनेका छन्

सम्बन्धित समाचार