कोशीका पूर्वमन्त्री राजभण्डारी जुवाखालबाट पक्राउ*
बिर्तामोड । एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जना हाइप्रोफाइल जुवाडेलाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भण्डारीलाई तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० असोज ८ गते सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए ।
पक्राउ पर्ने अन्य व्यक्तिहरु सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले बताए ।
शर्मा टेलिसिरियल ‘सक्किगो नि’ का कलाकार हुन् ।
प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।
यस अघिको समाचारमा सामाजिक विकास मन्त्री हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।