२०८३ बैशाख २० गते , आईतबार

अस्ताए गायक प्रकाश तिमिल्सिना

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २७ गते , आईतबार
अस्ताए गायक प्रकाश तिमिल्सिना

काठमाण्डौ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । प्रकाश तिमिल्सिनाको शनिबार साँझ निधन भएको हो । 
‘घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो,’ संगीतकार वसन्त सापकोटाले भने, ‘अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।’
गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...’लगायत दर्जनौं गीत लोकप्रिय छन् । 
प्रकाशको अन्तिम संस्कार आज बिहान पशुपति आर्यघाटमा गर्ने तयारी भइरहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । 

सम्बन्धित समाचार