बिर्तामोडमा अप्टिमिष्ट क्लब गठन, अध्यक्षमा थपलिया र सचिवमा भट्टराई
बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी तथा शैक्षिक अभियान्ताहरूको एक समूहले अप्टिमिस्ट क्लब अफ बिर्तामोड गठन गरेका छन् । बिहिबार भर्चुअल बैठकमार्फत अप्टिमिस्ट इन्टरनेसनलका प्रेसिडेन्ट एडले नवगठित क्लबका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै क्लब गठनको घोषणा गरेका थिए ।
समाजसेवा र स्वयंसेवी कार्य गर्ने उद्देश्यले गठन भएको उक्त क्लबको अध्यक्षमा दुर्गाप्रसाद थपलिया, उपाध्यक्ष पदमलाल भट्टराई, सचिव धर्मेन्द्र भट्टराई र कोषाध्यक्ष प्रेमराज आचार्य प्रमोद रहेका छन् ।
अन्य सदस्यहरूमा उपेन्द्र प्रसाद ओली, तुलसीनाथ पौड्याल, लेखनाथ पौड्याल, पुष्प प्रसाई, किशोर श्रेष्ठ, सुशिला दाहाल भट्टराई, दुर्गा पाठक थपलिया, टिका भट्टराई नेपाल, सुनिता प्रसाई, भीम पौडेल र निरज खरेल रहेको सचिव भट्टराईले जानकारी दिए ।
शपथ ग्रहण समारोहमा अप्टिमिस्ट इन्टरनेसनलका प्रेसिडेन्ट एड, सेक्रेटरी प्याट र कोषाध्यक्ष लसन लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नर्थ अमेरिकन क्लब अफ अप्टिमिस्ट इन्टरनेशनलले स्पोन्सर गरेको छ ।
क्लबको गठनसँगै झापामा विभिन्न सामाजिक कार्यहरू अघि बढाउने क्लबका अध्यक्ष थपलियाले प्रतिबद्धता व्यक्त गरे ।
युद्ध र अशान्तिबाट मुक्त हुनका लागि अमेरिकन नागरिकहरूले सन् १९११ मा न्युयोर्क सहरमा पहिलोपटक अप्टिमिस्ट क्लब नामक संस्था स्थापना गरेका थिए भने सन् १९१९ मा आएर यसैलाई अप्टिमिस्ट इन्टरनेसनल नामाकरण गरी संसारभर यसका क्लबहरू गठन हुने प्रक्रिया चलिरहेको छ । सकारात्मक सोच भएका व्यक्तिहरूबाट मात्र सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मुख्य ध्येयका साथ मानिसहरूमा सकारात्मक आशा र सकारात्मक दृष्टिकोण निर्माण गर्ने कार्यमा स्वयंसेवी संस्थाको रुपमा अप्टिमिस्ट क्लब कार्यरत रहेको छ ।