२०८३ बैशाख २० गते , आईतबार

नागको पुजा गरी नागपञ्चमी मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २५ गते , शुक्रबार
नागको पुजा गरी नागपञ्चमी मनाइँदै

झापा नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ

नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास साथै अग्नि, मेघ चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ

आजको दिन घरमा नागको चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता

सम्बन्धित समाचार